शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

जेष्ठ ४, २०८२

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राखेको विधेयक सम्वन्धी प्रस्ताव पारित भएको हो । 

सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएको थियो । यसैबीच, ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक दफावार छलफलका लागि समितिमा पठाइएको छ । 


प्रतिक्रिया