सभापति लामिछानेको मुद्दामा अदालतको पछिल्लो आदेश अन्यायपूर्ण भएको रास्वपाको आरोप

जेष्ठ १२, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा सर्वोच्च अदालतकोे पछिल्लो आदेशको कानून पालना गर्न बाध्य भएपनि अपूर्ण र अन्यायपूर्ण रहेको टिप्पणी गरेको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकका लागि चिन्ताको विषय भएको बताउनुभएको छ ।

सहकारीको देशव्यापी समस्याको समाधान नखोजी सम्बन्धीत मुद्दामा चयनात्मक अभियोजन, फरक व्यवहार र समान प्रकृतिका मुद्दामा दलीय आबद्धताको आधारमा विभेद भइरहेको रास्वपाको भनाइ छ । लामिछानेले संगठित अपराध गरेको नभई राज्यले नै लामिछानेमाथि संगठित अपराध गरिरहेको रास्वपाले आरोप लगाएको छ ।  


प्रतिक्रिया