प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति राप्रपाको आपत्ति, संसदमा जवाफ माग्ने निर्णय

जेष्ठ १३, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजावादी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा जवाफ माग्ने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति हिंसा भड्काउने चाहनाबाट आएको भन्दै जवाफ माग्ने निर्णय गरेको हो । बैठकपछि बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कानून विपरित भएको बताउनुभयो ।
यसैबीच, संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएको छ । समितिमा आवद्ध दलका नेताहरुले काठमाडौंमा आज सञ्चारकर्मीसँग कुरा गर्दै आन्दोलनलाई शान्तिपूर्ण बनाउने प्रतिवद्धता जनाएका हुन् । सो अवसरमा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले ह्दयेन्द्र शाहलाई राजा बनाउन सबै पक्षबीच सहमति हुन सक्ने बताउनुभएको छ ।
राप्रपा, राप्रपा नेपालसहितका दल र समूहको सहभागितामा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा जेठ १५ गते अर्को चरणको आन्दोलन गर्न लागिएको हो ।