यातायात व्यवसायीको आन्दोलन घोषणा

जेष्ठ १३, २०८२
यातायात व्यवसायीले ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघका प्रतिनिधिले सयुक्त पत्रकार सम्मेलनमार्फत् आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति समेत बनाएका छन् ।
सार्वजनिक यातायात क्षेत्रको १३ खर्ब लगानी जोखिममा परेको भन्दै व्यवसायीले विभिन्न माग अघि सारेका हुन् । सबै मन्त्रालयमा ज्ञापन पत्र बुझाउने, जेठ १४ मा मुख्यमन्त्रीलाई मागपत्र दिने, १८ गते कालो झन्डासहित देशभर विरोध गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको छ । सवारी साधन घर र ग्यारेजमा थन्क्याएर १९ गतेदेखि देशभर बन्दको घोषणा समेत उनीहरुले गरेका छन् ।