राष्ट्रिय सभा नियमित

जेष्ठ २६, २०८२
तल्लो सदन प्रतिनिधिसभा लगातार अवरुद्ध भएपनि माथिल्लो सदन राष्ट्रिय सभाले नियमित रुपमा बसिरहेको छ । राष्ट्रिय सभामा आगामी आर्थिक बर्षको बजेटमाथि छलफल शुरु भइसकेको छ भने विधायिकी काम पनि भइरहेका छन् । यसैक्रममा आज राष्ट्रिय सभाबाट पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्वन्धी विधेयक पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकले पानीजहाज सम्वन्धि विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सो विधेयक पारितका लागि प्रस्ताव गर्नुभएको थियो । छलफलका क्रममा मन्त्री दाहालले आन्तरिक जलमार्गमा जलयान सञ्चालन गर्न विधेयकले बाटो खोल्ने बताउनुभयो । सरकारले सो विधेयक गत पुषमा राष्ट्रिय सभामा पेश गरेको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक अब प्रतिनिधिसभाबाट पारित हुनुपर्नेछ ।