आजका मुख्य समाचारः २०८२ जेठ २६, साँझ ०६ः ३० बजे 👇

जेष्ठ २६, २०८२

 भिजिट भिसा प्रकरणका कारण संसदीय गतिरोध लम्बिदै, दलहरुबीच सहमति नभएपछि पर्सी बुधवारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित,राष्ट्रिय सभा भने नियमित काममा सक्रिय

 सर्पदंशका घटना बढ्न थालेकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह,  प्रत्येक वर्ष सर्पदंशका कारण झन्डै १० हजार जना अस्पताल भर्ना हुने गरेको सरकारी तथ्याङ्क

पूर्व राष्ट्रपति विद्या भण्डारीको सक्रियताबाट एमालेको आन्तरिक राजनीति तरंगित, चीन भ्रमण लगत्तै अध्यक्ष ओलीको गृहजिल्ला भ्रमण अर्थपूर्ण भएको नेताहरुको भनाइ

 विरोध प्रदर्शन चर्किएपछि भारतको मणिपुरका केही भागमा कफ्र्यू जारी, इन्टरनेट सेवा समेत अवरुद्ध

यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा लुम्बिनी प्रदेश च्याम्पियन, बास्केटबलतर्फ कोशी र बागमतीलाई सफलता


प्रतिक्रिया