संसदीय गतिरोध लम्बिदै

जेष्ठ २६, २०८२

भिजिट भिसा प्रकरणलाई लिएर दलहरुबीचको असमझदारीका कारण संसदीय गतिरोध लम्बिदै गएको छ । लगातार रुपमा प्रतिनिधिसभाको बैठक प्रभावित भएपछि जेठ १५ गते प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमाथि तल्लो सदनमा छलफल शुरु हुन सकेको छैन । आज बसेको बैठकमा विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी आधा घन्टाका लागि स्थगित गरिएको बैठक दलहरूबीच सहमति नभएपछि पर्सी बुधवारसम्मका लागि सारिएको छ । 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानविन समिति गठन हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् । सो प्रकरणमा माओवादी केन्द्र लचिलो भएपनि अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र सत्तारुढ नेपाली कांग्रेसबीच भने सहमति बन्न नसक्दा प्रतिनिधिसभा बैठक प्रभावित भएको हो । दलहरुबीच पटक पटक अनौपचारिक छलफल भएपनि सहमति हुन नसकेको नेताहरुले बताएका छन् । 


प्रतिक्रिया