मलेसियामा विद्यार्थी बस दुर्घटना, १५ को मृत्यु

जेष्ठ २६, २०८२
मलेसियाको उत्तरी क्षेत्रमा विद्यार्थी बोकेको बस दुर्घटनामा हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । तीव्र गतिमा रहेको सो बस अन्यिन्त्रित भएर भ्यानसँग ठोक्किँदा दुर्घटना भएको अन्तराष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् ।
मृतकमध्ये १४ जना सुल्तान इद्रिस शिक्षा विश्वविद्यालयका विद्यार्थी र एकजना बस सहयोगी रहेको बताईएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी २१ देखि २३ वर्ष उमेर समूहका छन् । घटना बारे अनुसन्धान गर्न तथा विद्यार्थीका परिवारलाई आवश्यक सहयोग गर्न मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले निर्देशन दिनुभएको छ ।