देशभर आज आंशिकदेखि सामान्य बदली रहने

असार ६, २०८२
देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने छ । कोशी, मधेश, बागमती, गण्डकीका केही भू–भाग र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेकाले ति स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । पश्चिम नेपालका केही ठाउँमा भने रातिदेखि नै ठूलो पानी परेको छ । बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, रोल्पा, बागलुङ, पाल्पा, म्याग्दी, नवलपरासी, कास्की, लमजुङलगायत ठाउँमा ठूलो पानी परेको महाशाखाले जनाएको छ ।