रकम लिई नाबालिका छोरीलाई तीन गुना जेठा भारतीयसंग विवाह

असार ६, २०८२
पर्सामा १३ वर्षिया नाबालिकालाई एक भारतीयलाई चार लाख ८०हजार रुपैयाँमा बिक्री गरी बाल, अनमेल तथा अन्तरजातिय विवाह गरी दिएको आरोपमाबुवालाई प्रहरीले पक्राउ गरेको छ । पोखरिया नगरपालिका घर भएकी ती युवतीलाई उनका बुवाले एक भारतीय नागरिकलाई विवाह गरी दिएको आरोप छ । भारत बिहार सुगौलीका ५० बर्षिय पुरुष बिदुर रहेको रउनले दोश्रो विवाह गर्ननाबालिकाका बुवालाई रकम दिएको दाबी गरेका छन् ।
बालिकाका हजुरबुवा आफैले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरीकार्यालयमा यस्तो दाबी व्यहोरा सहितको उजुरी दिएपछि प्रहरीले युवतीका बुबालाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।विवाह गरेका भारतीय पुरुष उपर जेठी पत्नीको हत्या गरेको अभियोग समेतरहेकोे दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नाबालिकाका ३४ बर्षिय बुबालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । पर्सा जिल्ला अदालतमा बाल विवाह सम्बन्धी कसूरमा पेश गरी पाँच दिन म्याद थप अनुमति लिइ थपअनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपि किशोर लम्सालले जानकारीदिनुभयो ।