पर्वतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

असार १५, २०८२ | पर्वत
पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा गएराति जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
नेपानेस्थित लमाय खोलाबाट फलाम खानीतर्फ जाँदै गरेको ध १ ज ६९७ नम्बरको जिप दुर्घटना हुँदा फलेवास–८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनुभयो ।
चालक फलेवास–७ का ३४ वर्षीय विक्रम सुनार र वडा नम्बर–८ का ३३ वर्षीय सुरज विश्वकर्मा घाइते भएका छन् ।
दुर्घटनामा परी हराइरहेका ४१ वर्षीय मनबहादुर विकलाई आइबार बिहान स्थानीयको गोठबाट उद्धार गरिएको छ । घाइतेको प्रदेश अस्पताल पर्वतमा प्राथामिक उपचारपछि गण्डकी मेडिकल कलेज पोखरामा थप उपचार भइरहेको छ ।