पश्चिम नेपालका १२ जिल्लामा आज र भोलि भारी वर्षाको जोखिम

असार १५, २०८२ | काठमाडौं

पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज र भोलि भारी वर्षाबाट उच्च जोखिममा रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेन सुनारले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज र भोलि भारी वर्षाबाट उच्च जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गर्नु भएको हो ।

जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म वर्षा हुने सक्ने भनी विशेष बुलेटिन जारी गरिसकेको र सो आधारमा ती १२ जिल्ला बढी जोखिमा रहेको उहाँको भनाई छ ।

 उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर, कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यान, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र दाङमा भारी वर्षाको जोखिम रहेको छ । अन्य प्रदेशका उच्च पहाडी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा प्युठान, डोटी, बागलुङ, कैलालीका केही ठाउँमा भारी वर्षा भएको विभागले जनाएको छ ।

भोलि बिहानसम्म कर्णाली प्रदेशको पहाडी भूभाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै अन्य प्रदेशको पहाडी भागका एकदुई स्थानमा पनि भारीदेखि धेरै अतिभारी वर्षाको सम्भावना रहेको जनाएको छ ।


प्रतिक्रिया