प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

असार २४, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल समेत जानु भएको हो ।

यस्तै, मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र सुरक्षा निकायका प्रमुखहरुले बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ । 


प्रतिक्रिया