राजनीतिक गतिविधि बढाउन सम्पर्क कार्यालय खोल्ने पूर्वराष्ट्रपति भण्डारीको तयारी

श्रावण २२, २०८२ | काठमाडौं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि अघि बढाउन सम्पर्क कार्यालय खोल्ने तयारी गर्नुभएको छ ।
एमालेले पार्टी राजनीतिमा फर्किने बाटो बन्द गरेपनि भण्डारीले आफ्नो सक्रियता बढाउन सम्पर्क कार्यालय खोल्ने तयारी गरेको बताइन्छ । राजनीतिक गतिविधि बढाउन काठमाडौंको बानेश्वर हाइटस्थित थापा गाउँमा चार तले भवन भाडामा लिइएको उहाँ निकट एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार झन्डै ३ दशकअघि मदन भण्डारीले काठमाडौंमा चुनाव लड्दा सम्पर्क कार्यालय बनाएकै घरमा भण्डारीले कार्यालय खोल्न लाग्नुभएको हो । मदन भण्डारी फाउन्डेसनको नाममा भाडा लिइने घरबाटै आफ्नो गतिविधि अघि बढाउने भण्डारीको योजना रहेको बताइन्छ ।
मदन भण्डारीको स्मृतिमा ‘हीरक महोत्सव’ मनाउन मूल व्यवस्थापन समिति’ गठन भइसकेको छ ।