भदौ दोस्रो साताबाट विरोधका कार्यक्रम गर्ने शिक्षक महासंघको घोषणा

श्रावण २२, २०८२ | काठमाडौं

सरकारले आफूहरुसँग भएका सहमति कार्यान्वयका लागि वेवास्ता गरेको भन्दै नेपाल शिक्षक महासंघले विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । 

आज बसेको महासंघको बैठकले भदौ दोस्रो सातादेखि विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो । आजको बैठकमा पछिल्लो पटक विकसीत घटनाक्रमबारे ब्रिफिङ पश्चात भावि रणनीतिका बारेमा छलफल भएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । आफूहरुको माग सम्बोधन नभएकाले पुनः विरोधका कार्यक्रम गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

शिक्षा विधेयकलाई अन्तिम रुप दिनका लागि संसदीय समितिमा छलफल भइरहेपनि आफूहरुलाई कुनै जानकारी नभएको महासंघको भनाइ छ । विधेयक प्रतिनिधिसभामा पेश नहुँदासम्म विश्वस्त हुने आधार नदेखिएको महासंघ अध्यक्ष सुवेदीले बताउनुभयो ।

विद्यालय शिक्षा विधेयकको माग गदै शिक्षक महासंघले यसअघि गत बैशाखमा काठमाडौंमा लामो समय विरोध कार्यक्रम गरेको थियो ।   


प्रतिक्रिया