बंगलादेशमा आगामी फेब्रुअरीमा आम निर्वाचन हुने

श्रावण २२, २०८२ | काठमाडौं
बंगलादेशका अन्तरिम सरकारले आगामी फेब्रुअरीमा आम निर्वाचन गर्ने घोषणा गरेको छ ।
विद्यार्थी आन्दोलनपछि सत्ता परिवर्तन भएको एक वर्ष भएपछि मुलुकको भविष्य अन्योलग्रस्त भएका बेला अन्तरिम सरकारले आम निर्वाचन गर्ने तयारी गरेको हो । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले निर्वाचन घोषणा गरेपनि मिति भने तय भएको छैन ।
युनुसको घोषणामा बंगलादेशलाई नैतिकता, कानुनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित देश बनाउने प्रतिवद्धता समेत जनाइएको छ । त्यस्तै, शेख हसिनाको शासनकालमा हिंसामा संलग्न भएकामाथि न्यायिक कारबाहीको प्रक्रिया अघि बढाइने युनुसको भनाइ छ ।
गत वर्षको जुलाइ र अगस्टमा विद्यार्थीको आन्दोलनपछि निर्वाचित प्रधानमन्त्री शेख हसिना देश छाडेर भारतमा निर्वासित जीवन बिताइरहनुभएको छ ।