फिफा वरियतामा नेपाली महिला टोलीको १३ स्थान सुधार

श्रावण २२, २०८२ | काठमाडौं

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बरियतामा उल्लेख्य सुधार आएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरियताक्रम अनुसार नेपालको १३ स्थान सुधार भएको हो ।

 यसअघि एक सयौं स्थानमा रहेको नेपाली टोली अहिले ८७ औं स्थानमा पुगेको छ । नेपाल भन्दा तल मलेसिया ९२ औं, बंगलादेश १ सय ४ औं तथा लाओस १ सय १३ औं स्थानमा रहेको छ । केहि समय अघि भएको महिला एसियन कप छनोटमा नेपालले श्रीलंका र लाओसलाई हराउँदा उज्वेकिस्तानसँग बराबरी खेलेको थियो । 

सोहि खेलमा आएको नतिजापछि नेपाली टोलीको वरियता क्रममा सुधार आएको हो । फिफा वरियतामा स्पेन शीर्ष स्थानमा छ भने अमेरिका दोस्रो तथा स्वीडेन तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छन् । फिफाका अनुसार पछिल्लो पटक सार्वजनिक भएको वरियतामा बंगलादेशले २४ स्थान सुधार गरेको छ भने मंगोलीया २२ स्थान तल झरेको छ ।  


प्रतिक्रिया