सहकारी संस्थालाई साउनभित्र सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण बुझाउन सरकारको निर्देशन

श्रावण २६, २०८२ | काठमाडौं

सरकारले ग्रे लिष्टबाट बाहिरिने र आर्थिक अपराध नियन्त्रण गर्ने उद्देश्यले देशभरका सहकारी संघ÷संस्थालाई सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी विभागले देशभरका सहकारी संघसंस्थालाई श्रावण मसान्तभित्र अनलाइन फारम मार्फत् विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सहकारी विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहहरुलाई परिपत्र गर्दै निर्देशन कार्यान्वयन गर्न भनेको छ । सहकारी विभागको परिपत्र अनुसार सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहमा आग्रह गरेको मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले बताउनुभयो ।

 सहकारी संघसस्थालाई आर्थिक वर्ष २०८१÷ ८२ को विवरण समेत अनिवार्य बुझाउन आग्रह गरिएको विभागका उपरजिष्ट्रार शशि कुमार लम्सालले जारी गरेको सूचनामा उल्लेख छ ।

 नेपालमा १६ वटा रणनीतिक क्षेत्रमा सुधार गर्नपुर्ने आधारमा नेपाल फाइनान्सियल एक्सन टास्क फोर्सको ‘ग्रे लिस्ट’मा परेपछि सहकारी क्षेत्रबाट सुधारको सुरुवात गरिएको विभागले जनाएको छ ।



प्रतिक्रिया