रास्वपा सभापति लामिछानेलाई न्युनतम सेवा–सुविधाबाट वञ्चित गरिएको छैनः गृहमन्त्री

श्रावण २८, २०८२ | काठमाडौं

गृहमन्त्री रमेश लेखकले रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई न्युनतम सेवा–सुविधाबाट वञ्चित नगरिएको बताउनुभएको छ ।

 मानवअधिकार आयोगले स्वास्थ्यका दृष्टिले उपयुक्त नभएको कोठामा लामिछानेलाई राखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको भोलिपल्ट गृहमन्त्री लेखकले अन्य कैदीबन्दी सरहको सुविधा उहाँलाई उपलव्ध गराइएको बताउनुभएको हो । संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा बोल्दै मन्त्री लेखकले लामिछानेको सेवा सुविधा कटौती नभएको दाबी गर्नुभयो ।

अर्को प्रसंगमा गृहमन्त्री लेखकले लामिछानेलाई रुपन्देही कारागारबाट स्थानान्तरण गर्ने विषयमा आफू गम्भीर रहेको बताउनुभएको छ ।

यसअघि सत्तारुढ दलकै सांसदले लामिछानेको माग अनुसार अन्यत्र नसारिएको भन्दै आपत्ति जनाएका थिए । 


प्रतिक्रिया