काठमाडौंमा अझै ८ सय १५ प्रहरी जनशक्ति अभाव

श्रावण २८, २०८२ | काठमाडौं
नेपाल प्रहरीले काठमाडौं उपत्यकामा अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष बैंकिङ कसुरका घटनामा वृद्धि भएको बताएको छ ।
प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ५ हजार ७ सय १ उजुरी दर्ता भएकोमा गत बर्ष ६ हजार ५ सय ५३ घटना दर्ता भएका थिए । एक वर्षको अवधिमा काठमाडौं प्रहरीले ५ हजार ५ सय १२ जना विरुद्धको फैसला कार्यान्वयनबाट जरिवाना स्वरुप १४ करोड २० लाख रुपैयाँ उठेको जनाएको छ ।
यसैबीच, प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्थाका लागि जनशक्तिको अभाव भएको बताएको छ । प्रहरीका अनुसार काठमाडौंमा ४ हजार १६ जना जनशक्तिको दरबन्दी भएपनि अझै ८ सय १५ जनशक्ति अभाव देखिएको हो । गत आर्थिक बर्षमा काठमाडौंमा धर्ना तथा विरोधका गरी १ हजार बढी कार्यक्रम भएको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ ।