रास्वपा सभापति लामिछानेमाथि प्रतिशोध साँधिएको आरोपमा प्रधानमन्त्रीको प्रतिवाद

श्रावण २८, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्ने आरोपको प्रतिवाद गर्नुभएको छ । सहकारी ठगीको विषयमा लामिछानेमाथि मात्रै कानूनी प्रक्रिया अघि बढाइएको भन्दै रास्वपा र सार्वजनिक वृत्तबाट सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्नुभएको हो ।
भिजिट भिसाको सन्दर्भमा गलत भाष्य बनाउन खोजिएको भन्दै प्रधानमन्त्री ओलीले संसदमा रास्वपाले गरेको विरोधप्रति आपत्ति समेत जनाउनुभएको छ । मुलुक र जनताको हितका लागि नभई स्वार्थको रोटी सेक्न खोजिएको उहाँको भनाइ थियो ।
संसदमा एक घण्टा भन्दा बढी समय सम्वोधन गरेका प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गरेका कामको फेहरिस्त पेश गर्नुभएको थियो । सो क्रममा उहाँले कांग्रेससहितको गठबन्धनले निरन्तरता पाउनेमा आशंका नगर्न आग्रह गर्नुभयो ।
प्रतिपक्षी रास्वपा र राप्रपाले लगातार रुपमा गरिरहेकोे संसद अवरोधको औचित्यमाथि प्रधानमन्त्री ओलीले प्रश्न उठाउनुभएको थियो ।