बंगलादेशी टोली नेपाल आइपुग्यो

भाद्र १९, २०८२ | काठमाडौं
नेपालसँगको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली काठमाडौं आएको छ ।
बंगलादेशको टोली हिजो राति नेपाल आइपुगेको हो ।
नेपाल र बंगलादेशबीच पर्सि शनिबार र भदौ २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुँदैछ ।
दशरथ रंगशालामा २२ महिनापछि अन्तर्राष्ट्रिय फुटबल आयोजना हुन लागेको हो ।
नेपाल र बंगलादेशले पछिल्लो पटक सन् २०२२ मा मैत्रीपूर्ण खेल खेलेको थियो ।
सो खेलमा नेपालले बंगलादेशलाई ३–१ गोलले हराएको थियो ।
दुबै टोलीले मैत्रीपूर्ण खेलका लागि आफ्नो २३ सदस्सीय टोली घोषणा गरिसकेका छन् ।