तोकिएको पोशाक र समयमा भिडियो नबनाउन शिक्षक तथा कर्मचारीलाई निर्देशन

भाद्र ३०, २०८२ | काठमाडौं
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक तथा कर्मचारीहरुलाई कार्यालय समयमा पोशाकमा भिडियोहरु नबनाउन निर्देशन दिएको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै बालबालिकाको बाल मानोविज्ञानमा प्रत्यक्ष असर पुग्ने गरि भिडियोहरु सार्वजनिक भएको पाइएको जनाउँदै सो निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित हेलो सरकारमा सोबारे गुनासो परेको थियो ।
सोही गुनासो सम्बोधन गर्दै मन्त्रालयले विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीलाई तोकिएको पोशाकमा टिकटक भिडियो बनाएर सामाजिक सञ्जालनमा राख्ने जस्ता गतिविध नगर्न सूचना जारी गरेको हो ।