सुदूरपश्चिमका कारागारबाट भागेका ६ सय ८ कैदीबन्दी फर्किए

भाद्र ३०, २०८२ | काठमाडौं

सुदूरपश्चिमका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये हालसम्म ६ सय ८ जना फर्किएका छन् । 

आन्दोलनका क्रममा बाजुरा र अछाम बाहेकका सात जिल्ला कारागारबाट एक हजार ४ सय ५८ कैदीबन्दी फरार भएका थिए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार फर्किएकामध्ये कतिपय आफै आएका थिए भने कतिपयलाई नियन्त्रणमा लिएर फकाईएको हो । 

सम्बन्धित जिल्ला कारागार कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अन्य कैदीबन्दीलाई समेत सम्पर्कमा आउन आग्रह गरेका छन् । साथै फरारहरुको खोजीका लागि प्रहरी टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया