कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा

आश्विन १८, २०८२ | काठमाडौं

मुलुकका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा पानी परिरहेको हो ।

बंगालको खाडीबाट आएको मनसुनी वायूको प्रभावका कारण आज र भोलि देशभरको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागमा अधिक वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहितको भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैबीच, काठमाडौं उपत्यका भित्रिने र बाहिरिने लामो दूरीका सवारीसाधन आवतजावत तीन दिनसम्म बन्द गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढीपहिरो, डुबान र सम्भावित विपद्को कारण उल्लेख गर्दै सोमबारसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ ।  


प्रतिक्रिया