नेतृत्वका लागि सर्त राखेर सहमति हुन सक्दैन : ओली

रेडियो कान्तिपुर संवाददाता

मंसिर २५, २०८२ | काठमाडौं

एमाले अध्यक्ष केपी ओलीले आसन्न महाधिवेशनमा आफू विरुद्ध कोही नेताले प्रतिस्पर्धा नगर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । काठमाडौंमा आज सञ्चारकर्मीसँगको सम्वाद कार्यक्रममा बोल्दै ओलीले महाधिवेशनमा आफू निर्विरोध हुने बताउनुभएको हो । 

महाधिवेशनमा पदाधिकारी चयनका लागि दवावमा सहमतिको पहल आफूले नगर्ने ओलीको भनाइ थियो । नेतृत्वका लागि सर्त राखेर सहमति हुन नसक्ने उहाँले बताउनुभयो । यसअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनमा ओलीले आफूबाहेक अरूलाई अध्यक्ष घोषणा गरे सहमति हुन सक्ने बताउनुभएको थियो । 


प्रतिक्रिया