कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर्सि

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीले पर्सि शुक्रबारका लागि बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । त्यस्तै, बैठकमा चुनावी समीक्षा लगायत समसामियक विषयमा समेत छलफल हुने बताइएको छ ।


प्रतिक्रिया