संखुवासभामा सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

चैत्र ४, २०८२ | संखुवासभा

संखुवासभाको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको अवस्था अचानक गम्भीर बनेपछि हेलिकप्टरबाट उद्धार गरिएको हो। 

जिल्ला अस्पताल संखुवासभामा शल्यक्रिया गरिएपछि राईको स्वास्थ्य अवस्था एक्कासि बिग्रिएको अस्पतालले जनाएको छ। अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था नाजुक बन्दै गएको थियो। 

जिल्ला अस्पतालका डा. प्रदीप श्रीवालले समयमै उद्धारको व्यवस्था मिलेकै कारण बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल पठाउन सफल भएको जानकारी दिनुभयो । 


प्रतिक्रिया