उपत्यकामा आज घोडेजात्रा पर्व मनाईयो

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व मनाईएको छ । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष घोडे जात्रा पर्व मनाइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिएको छ । 

टुँडिखेलमा घोडेजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया