प्रधानमन्त्री कार्कीद्वारा नेकपालाई धन्यवाद ज्ञापन

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई धन्यवाद दिनुभएको छ । 

प्रधानमन्त्री कार्कीको निमन्त्रणामा नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेताहरु वर्षमान पुनलगायतको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । 

भेटमा निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । छलफलका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनमा भाग लिएर शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट मुलुकलाई निकास दिन सहयोगी भूमिका खेलेकोमा नेकपाका नेताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हो । 


प्रतिक्रिया