अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ बस्ने ५५ वर्षीया मिना घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । 

मिनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


प्रतिक्रिया