समानुपातिकबाट निर्वाचित सांसदलाई भोलि प्रमाणपत्र दिने तयारी

रेडियो कान्तिपुर संवाददाता

चैत्र ४, २०८२ | काठमाडौं

निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित सांसदलाई भोलि प्रमाणपत्र दिने तयारी गरेको छ । आयोगले समानुपातिकतर्फका १ सय १० सांसदलाई भोलि आयोग कार्यालयमा बोलाएर प्रमाणपत्र दिन लागेको हो । 

आयोगले निर्वाचित भएको प्रमाणपत्र लिनका लागि आवश्यक कागजातसहित आयोग कार्यालय आउन निर्वाचित सांसदलाई आग्रह गरेको छ । प्रमाणपत्रका लागि नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्र र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्ने आयोगले जनाएको छ । प्रत्यक्ष तर्फ निर्वाचित सांसदले भने सम्बन्धित कार्यालयबाट प्रमाणपत्र पाइसकेका छन् ।


प्रतिक्रिया