बाँध निर्माणको लागि ल्याएको सिमेन्ट अन्यत्रै बिक्री

आश्विन ६, २०७५ | सिन्धुपाल्चोक

मेलम्ची खानेपानीको बाँध निर्माणको लागि ल्याएको ३ सय ४० बोरा सिमेन्ट अन्यत्र बिक्री गरेको पाइएको छ । बाँध निर्माणका लागि ल्याइएको सिमेन्ट कर्मचारी र स्थानीयको मिलोमतोमा अन्यत्र बिक्री गरेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।

काठमाडौंबाट गत असोज २ गते अम्बा थानको लागि सिमेन्ट बोकेर गरेको गाडी राती ११ बजे अम्बा थान पुगेर सिमेन्ट नझारी फर्किएको स्थानीयले बताएका छन् ।

असोज २ गते  ना ५ ख नम्बरको १० चक्के सवारीबाट सिमेन्ट राजधानीबाट अम्बाथान् लगेपनि नझारिकन फर्काएर ल्याइएको स्थानीय स्रोतको दाबी छ । 

अम्बा थानका स्टोरको कर्मचारीले सिमेन्ट बुझेको भन्दै बिलमा सही छाप समेत लगाएको खुलेको हो । सिमेन्ट अन्यत्र बिक्री गरेको सूचनाको आधार ट्रकलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया