नेपालगञ्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव

कार्तिक २९, २०७५ | नेपालगन्ज

नेपालगन्जको पुष्पलाल चोकमा बम राखिएको शंकापछि तनाव छ । प्लास्टिक झोलामा शंकास्पद वस्तु बेरेर चोकमा राखिएको छ । स्थानीयले बम भएको शंका गर्दै प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुगेको छ । तालिम प्राप्त कुकुर प्रयोग गरी बम भएन/भएको यकिन गर्ने प्रयास भइरहेको छ ।

झोला नजिकै कमाण्डर समूहको पर्चा भेटिएको प्रहरीले जनाएको छ । उक्त पर्चामा तीन सय मिटर टाढा रहन चेतावनी दिइएको छ ।

बाँके प्रहरी प्रमुख एसपी अरुण पौडेलले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई आग्रह गरेको बताउनुभयो ।

बम राखिएको स्थानलाई प्रहरीले कब्जामा लिइसकेको छ । सर्वसाधारण र सवारी साधनहरुलाई त्यस तर्फ जान रोक लगाएको छ । 


प्रतिक्रिया