छोराको हत्या गरी आमाले गरिन आत्महत्या

पुस २९, २०७५ | रुकुम पूर्व

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, की एक महिलाले नाबालक छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेकी छन् । ३० बर्षीया रेनुका विसी शाहले २० महिने नाबालक छोरा यटियमको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पुस २६ गते औषधी गर्न नेपालगञ्ज जाने भन्दै घरबाट हिडेकी उनको शव हिजो बेलुकी जंगलमा भेटिएको थियो । घरदेखि झण्डै ३ किलोमिटर टाढाको उदिनढुङ्गा भन्ने जंगलमा बालक झुण्डिएको अवस्थामा र आमा भूइँमा लडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले बताउनुभयो ।

प्रारम्भिक अनुसन्धानबाट छोराको हत्यापछि आमाले पनि आत्महत्या गरेको जस्तो देखिएपनि घटनाबारे अनुसन्धान भैरहेको डिएसपी तिम्सिनाको भनाई छ । 

 


प्रतिक्रिया