हिरो वुमन गोल्डकप : नेपाल उपविजेतामा सिमित 

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ३, २०७५ | काठमाडौं

- नेपाली राष्ट्रिय महिला टोली भारतको उडीसामा जारी हिरो वुमन गोल्डकप फुटबलको उपविजेतामा सिमित बनेको छ । उपाधिका लागि म्यानमारसँग आज भएको खेलमा ३–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित बनेको हो ।

भुवनेश्वरस्थित किलिङगा रंगशालामा आज भएको खेलको पहिलो हाफ १–१ को बराबरीमा सकिएपनि दोश्रो हाफमा म्यानमारले थप २ गोल गरेपछि नेपाल हार व्यहोर्न बाध्य भयो ।

नेपालका लागि एक मात्र गोल खेलको ४५ औं मिनेटमा मञ्जली कुमारी योन्जनले गरिन् । प्रतियोगिताको विजेता म्यानमारले ५ तथा उपविजेता नेपालले ३ लाख भारु हात पारेका छन् । 

 


प्रतिक्रिया