म्यानचेष्टर सिटी एफए कपको क्वार्टरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | एजेन्सी

म्यानचेष्टर सिटी, ब्राईटन एण्ड होभ एल्वियन र मिल्वाल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । 

प्रिक्वार्टरफाइनलको खेलमा गएराती म्यानचेष्टर सिटीले न्युपोर्ट काउन्टीलाई ४–१ ले हरायो । सिटीको जितमा फिल फोडीनले २ तथा लेरोई साने र रियाद महारेजले एकएक गोल गरे । ७७ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि सिटीले चारै गोल दोस्रो हाफमा मात्र गरेको थियो । काउन्टीले ८८ औं मिनेटमा गोल फर्काएको थियो । 

गएराती नै डर्वी काउन्टीलाई २–१ ले हराउँदै ब्राईटनले पनि अन्तिम आठमा स्थान बनायो । पहिलो हाफमै २–० को अग्रता बनाएको ब्राईटनले ८८ औं मिनेटमा गोल खाएको थियो । 

मिल्वालले विम्बल्डनलाई १–० ले हराउँदै अघिल्लो चरणको यात्रा तय गर्‍यो । खेलको पाँचौ मिनेटमा बनाएको अग्रता मिल्वालले कायम राख्दै जित हासिल गरेको हो । 


प्रतिक्रिया