कान्तिपुर कन्क्लेभ सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

रेडियो कान्तिपुर संवाददाता

फाल्गुन ५, २०७५ | काठमाडौं

नेपालको विद्यमान अर्थतन्त्र र यसका अवसरबारे बहस केन्द्रित गर्ने उद्देश्यले आयोजित दुई दिने कान्तिपुर कन्क्लेभ आजदेखि सुरु भएको छ । कान्तिपुर कन्क्लेभको काठमाडौंमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

कन्क्लेभमा आगामी दुई दिन युवा उद्यमीदेखि अर्थशास्त्री, विकासविद्, राजनीतिज्ञ, कलाकारदेखि साहित्यकार सम्मले आफ्नो क्षेत्रको चुनौती, अवस्था र सम्भावनाबारे छलफल गर्नेछन् । कान्तिपुर कन्क्लेभमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहनु भएको छ । 

कन्क्लेभमा स्वागत मन्तव्य राख्दै कान्तिपुर मिडिया ग्रुप केएमजीका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले ’नेपालको सम्भावना प्रस्फुटन’ भन्ने नाराका साथ कान्तिपुर मिडिया ग्रुपले कन्क्लेभको आयोजना गरेको बताउनुभयो । अन्तरसम्बन्धित विषयमा छलफल, चिनोडको आदानप्रदान र समकालीन राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा समालोचनाका लागि कन्क्लेभ लाभदायी हुने उहाँको  दाबी थियो ।

कन्क्लेभ उद्घाटनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका लागि निर्देशक इडा रिदिहग, एमबी बिर्ला सिमेन्टका कार्यकारी निर्देशक सन्दीप घोषले प्रवचन दिएका थिए । दुईदिने कन्क्लेभको अवसरमा युवाहरूले नेपालमा गरिहेको पौरखदेखि, विश्वमञ्चमा नेपालको उपस्थिति र नेपालले भविष्यमा खोल्न सक्ने सम्भावनाका ढोकाहरूको विषयमा छलफल हुनेछ ।


प्रतिक्रिया