सुन तस्करी प्रकरणमा २ जना कारागार चलान

चैत्र १२, २०७५ | कञ्चनपुर

- भारतबाट अवैध रुपमा भित्राईएको २३ किलो सुनसहित कञ्चनपुरबाट पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालतको आदेश पछि प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का लक्ष्मण तिरुवा र उनका भाई सुरजलाई थुनामा पठाएको हो । 

जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले लक्ष्मणलाई पुर्पक्षका लागि थुनामा राख्न र सुरजलाई १० लाख धरौटी बुझाएर तारेखमा छाडन आदेश दिएको हो । सुरजले धरौटी बुझाउन नसकेपछि उनलाई पनि कारगार पठाइएको जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।

अदालतमा उपस्थित नभएका तीन जनाको हकमा २१ दिने म्याद जारी भएको अवस्थीले बताउनुभयो । राजश्व अनुसन्धान विभागले विभागले लक्ष्मण र सुरजसँगै लक्ष्मणकी श्रीमति सरिता, सुरजकी सासु आमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ की इन्दिरा विक र सोहि ठाउका शंकर विकका नाममा मुद्दा दायर गरेको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईवीको टोलीले गत पुस २ गते पुनर्वास नगरपालिका २ स्थित सुरजको ससुरालीबाट १८ किलो र पुस ३ गते शुक्लाफाँटा नगरपालिका–११ स्थित लक्ष्मणको घरबाट ५ किलो ६ सय ग्राम सुन बरामद गरेको थियो ।     

 


प्रतिक्रिया