इन्डोनेशियामा मतदान सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

वैशाख ४, २०७६ | काठमाडौं

- इन्डोनेशियामा आम निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ । धार्मिक चुनावी अभियानले प्राथमिकता पाउँदै आएको इन्डोनेशियाको इतिहासमै पहिलो पटक राष्ट्रपति, उपराष्ट्रपति, क्षेत्रीय स्तरमा एकै दिन मतदान भएको हो । मतदान सकिएको केही घण्टामै पहिलो चरणको नतिजा आउने बीबीसीले उल्लेख गरेको छ ।

यद्यपि, ईण्डोनेशियाको निर्वाचन आयोगले आगामि मे महिनामा मात्रै औपचारिक नतिजा सार्वजनिक गर्नेछ । करीब १७ हजार टापु रहेको इन्डोनेशियामा राष्ट्रिय र स्थानीय तहका २० हजार सिटका लागि २ लाख ४५ हजार जना प्रतिस्पर्धामा छन् । राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टी अफ स्ट्रगलबाट वर्तमान राष्ट्रपति जोको वीडोडा र ग्रेट इन्डोनेशिया मुभमेन्ट पार्टीबाट प्राबोवो सुवियान्तो प्रतिस्पर्धामा छन् । दुबैजना यसअघि सन् २०१४ को चुनावमा समेत प्रतिस्पर्धामा उत्रिएका थिए ।  

 विश्वकै धेरै मुस्लिम जनसंख्या रहेको मुलुक इन्डोनेशियाको चुनावमा १६ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । इन्डोनेशियामा ८ लाख ९ हजार ५ सय मतदान केन्द्रबाट मतदान भएको हो । 

 


प्रतिक्रिया