म्यानचेष्टर सिटीलाई एफए कपको उपाधि

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ५, २०७६ | एजेन्सी

म्यानचेष्टर सिटीले एकसता पछि फेरि अर्को महत्वपूर्ण उपाधि जितेको छ । गत सातामात्र ईङ्लीस प्रिमियर लिग फुटबलको उपाधि जितेको उसले गएराति वार्टफोर्टमाथि ६–० को जित निकाल्दै एफए कप फुटबलको उपाधि पनि कब्जा गर्‍यो ।

सिटी, एकै सिजन एफए कप, प्रिमियर लिग र काराबाओ कप फुटबलको उपाधि जित्ने पहिलो ईङ्लीस क्लब बनेको छ । गएरातिको एफए कप फुटबलको फाइनलको नतिजा सन् १९०३ पछिको सर्वाधिक फराकिलो हो । सन् १९०३ मा बुरी क्लबले डर्बीविरुद्ध ६–० को नतिजा बराबरी हो । 

वेम्ब्लीमा ७० प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको सिटीको जितमा रहिम स्टर्लिङ र गार्वियल जिससले २–२ तथा डेभिड सिल्भा र केभिन डी ब्रुएनले एक एक गोल गरे । 


प्रतिक्रिया