हामीलाई कमजोर नसम्झ : हुवावे 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ७, २०७६ | काठमाडौं

- चिनियाँ मोबाईल निर्माता कम्पनी हुवावेले आफुलाई कम नआँक्न अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ सरकारी समाचार संस्थासँगको कुराकानीका क्रममा हुवावेका संस्थापक रेन जेङफेईले कुनै पनि फर्मले फाईभ जीमा हुवावेको सफलतालाई छुन नसक्ने भएकाले अमेरिकी कदमले कुनै फरक नपर्ने बताउनुभएको छ ।

अमेरिकाले गतसाता हुवावेलाई लाईसेन्स लिएर मात्रै ब्यापार गर्नसक्ने कम्पनीमा सुचीकृत गरेको थियो । चिनियाँ कम्पनीलाई प्रतिबन्ध लगाउने अमेरिकी रणनिति बमोजिम हुवावे माथि कडाई गरिएको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी राजनितिक नेतृत्वले आफ्नो कम्पनीको शक्तिलाई कम आँकेको हुवावेका संस्थापकको भनाई छ । हुवावेलाई गुगलले आफ्नो आगामी एन्ड्रोईड भर्सनमा स्तरोन्नतीका लागी बर्जीत गरेपछि अमेरिकी सरकारले सो निर्णय गरेको हो । हुवावे फोनलाई तत्कालका लागी नेटवर्क प्रदान गरेपनि नयाँका लागी स्विकृत नदिने अमेरिका सरकारको तयारी छ ।

अमेरिकाको प्रतिबन्धका लागी हुवावेले संधै तयारी गरेको संस्थापक रेनको भनाई छ । अमेरिका र चीनबीच जारी ब्यापार युद्धमा हुवावेलाई अमेरिकाले प्रमुख हतियार बनाएको छ ।  

 


प्रतिक्रिया