प्रतिनिधिसभाबाट आज ६ वटा विधेयक स्वीकृत

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ८, २०७६ | काठमाडौं

- प्रतिनिधिसभाबाट आज ६ वटा विधेयक स्वीकृत भएको छ । राष्ट्रिय सभाबाट आएका दुई वटासहित ६ वटा विधेयक सैद्धान्तिक छलफल पछि सर्वसम्मतीले स्वीकृत भएको हो । प्रतिनिधि सभामा उत्पत्ति भएका राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, प्रहरी समायोजन विधेयक, औद्योगिक व्यवसाय, विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक र औद्योगिक व्यवसाय विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिएको हो ।

यस्तै राष्ट्रिय सभाबाट सन्देश सहित आएका जेष्ठ नागरिक पहिलो संशोधन विधेयक र विज्ञापन नियमन गर्ने विधेयक पनि सैद्धान्तिक छलफल पछि सर्वसम्मतीले स्वीकृत भएको हो । सो विधेयक स्वीकृत भएस“गै विधेयकमा भएका कमी कमजोरी सच्याउन संशोधनको बाटो खुलेको छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी सोमबार विहान ११ बजे बस्ने गरी बोलाइएको छ । 


प्रतिक्रिया