मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन : सञ्चारमन्त्री 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६ | काठमाडौं

- संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने सरकारले स्पष्ट पारेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले व्यावसायिक शुद्धता, मर्यादा, सुरक्षा र अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्ने कुराहरुलाई सरकारले स्वागत गर्ने भएपनि विधेयक फिर्ता भने नहुने पार्नुभयो । 

प्रेसलाई कमजोर बनाउने, यसको घाँटी निमोठने र यसलाई संकुचन गर्ने सरकारको कुनै उद्धेश्य नरहेको मन्त्री बास्कोटाको दाबी छ । विद्येयकमा सरकोरवालाहरुको सुझाव भने समेटन सकिने मन्त्री बास्कोटाको भनाई छ । 

पत्रकारिताको मूल्य मान्यता पालना गर्दै दर्शक, श्रोता र पाठक प्रति उत्तरदायी बन्न आग्रह समेत गर्नुभयो । 

 


प्रतिक्रिया