तनहुँमा दुई ठाउँमा शकास्पद वस्तु फेला 

जेष्ठ १३, २०७६ |  दमौली

तनहुँमा दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । पृथ्वीराजमार्गमा पर्ने बन्दीपुर १ नाहला र व्यास नगरपालिकको मुसीखोला भन्ने स्थानमा शंकास्पद वस्तु फेला परेको हो । नाहला राखिएको शंकास्पद वस्तु भने नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरी उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।

नेपाली सेनाको टोलीले मुसीखोलामा राखिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । सो विस्फोटक पदार्थ नेक्रवित्रम चन्द समूहले राखेको अनुमान गरिएको छ ।  

 


प्रतिक्रिया