चन्द समूहका केन्द्रीय सचिवालय सदस्यसहित १८ पक्राउ

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २६, २०७६ |  पोखरा

नेत्र विक्रम नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य मिलन राई लगायत १८ नेता कार्यकर्तालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । सरकारद्वारा प्रतिवन्धित चन्द समूहबाट पक्राउ पर्नेमा कास्की जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी पनि छन् ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण गाउँपालिका– ११ बाट उनीहरुलाई गएराति पक्राउ गरिएको हो ।

‘घान्द्रुक क्षेत्रमा चन्द समूहका कार्यकर्ताको गतिविधि बढेको जानकारी आयो,’ कार्कीले भन्नुभयो, ‘सोही आधारमा लामो दुरीको गस्ती गरेर उनीहरुलाई पक्राउ गरिएको हो ।’

पक्राउ परेकालाई रातिनै कास्की प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ परेकाहरु एक सामुदायिक भवनमा बसेर छलफल गरिरहेका थिए । 


प्रतिक्रिया