क्यानडा पठाईदिने भन्दै भारतको नयाँदिल्ली पुर्‍याएर लाखौ रुपैयाँ ठगी गर्ने पक्राउ

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | काठमाडौं

- क्यानडा पठाईदिने भन्दै भारतको नयाँदिल्लीमा पुर्‍याएर लाखौ रुपैयाँ ठगी गर्ने गिरोहका एक जनालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काभ्रेबाट पक्राउ गरेको छ ।

काभ्रेको बनेपा नगरपालिका–५ तरकारी बजारबाट नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर ५ का २६ बर्षीय योगेश सापकोटालाई पक्राउ गरिएको ब्यूरोका एसपी अनुपम शम्शेर जबराले बताउनुभयो । सो समूहले २०/ २२ बर्ष उमेरका एक युवकलाई ठगी गरेको प्रहरीको भनाई छ । पीडितको परिचय प्रहरीले गोप्य राखेको छ ।

सापकोटासहितका ४ जनाको समूहले पीडितको साथमा रहेको २२ हजार ५९ अमेरिकी डलर, १५ हजार भारतीय र ३५ हजार नेपाली रुपैयाँ लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो समूहले पीडितका बुवा र मामालाई भारतको गुडगाउँस्थित एक होटलमा राखेर बेहोस पारी मृगौला झिक्ने प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।  

 


प्रतिक्रिया