भूमिगत तराई मुक्ती मोर्चाका कार्यकर्ता पक्राउ  

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | रौतहट

- प्रहरीले भूमिगत संगठनका एक कार्यकर्तालाई पक्राउ गरेको छ । उनि कर्तब्यज्यान मुद्धामा फरार आरोपि पनि हुन् । फरार रहेको ९ बर्ष पछि प्रहरीले पक्राउ गरेको हो ।  

बृन्दावन नगरपालिका १ का ३५ बर्षिय दिपेन्द्र सहनी भन्ने रोहित सहनीलाई प्रहरीको अपारध हेर्ने विशेष टोलीले बिहिबार साँझ उनकै गाउँबाट पक्राउ गरेको हो । प्रहरीले सहनीलाई आज सार्वजनिक गरेको छ ।

२०६७ मसिंर १७ गते साँझ ईलाका प्रहरी हर्कटवा सर्लाहीबाट सई लवजंग चौहानको कमाण्डमा खटिएको टोली र भूमिगत तराई मुक्ती मोर्चाका ५ जनाको समुहमा रहेका हतियारधारी बिच साबिक भवानीपुर गाविस ३ स्थित सुकमारी मन्दिर नजिक जम्का भेट हुदा गोली हानेर प्रहरीको ६ राउण्ड जाने ठुलो चाईनिज पेस्तोल लुटेर फरार भएको थियो । 

त्यसै बेला देखी प्रहरीले ब्यापक खोजी गरिरहेको थियो । बिभिन्न ब्यक्तको हत्यामा संलग्न रहेको आरोप लागेका सहनी माथि कर्तव्य ज्यान मुद्धा चलेको थियो । उनि मोर्चाका सक्रिय कार्यकर्ता हुन् । बिभिन्न स्थानमा भएको लुटपाट, अपहरण, हत्यामा उनको नाम मुछिदै आएको थियो । 


प्रतिक्रिया