वेष्टईण्डिजविरुद्ध बंगलादेशको शानदार जित 

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६

- ईङल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट ईण्डिजविरुद्ध शानदार जित हात पारेको छ । उच्च स्कोरको खेलमा गएराती क्यारेबियन टोलीलाई ७ विकेटले हराउँदै बंगलादेशले सेमिफाइनल प्रवेशको संभावना बलियो बनाएको हो ।

टाउन्टनमा वेष्टईण्डिजले दिएको ३ सय २२ रनको उच्च चुनौती बंगलादेशले ५१ बल अगावै मात्र ३ विकेट गुमाएर भेट्टायो । जारी विश्वकपमा दोस्रो शतक बनाउने क्रममा साकिब अल हसनले अबिजित १ सय २४ र लिटोन दासले नटआउट ९६ रन बनाउँदै बंगलादेशलाई दोस्रो जित दिलाए । तामिम ईकवालले ४८ र सौम्य सरकारले २९ रनको योगदान गरे । 

आन्द्रे रसेल र ओस्हान थोमसले बंगलादेशको एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट ईण्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रनको उच्च योगफल तयार पारेको थियो । साई होपले ९६, ईभिन लिविसले ७० र सिमरोन हेटमेरले ५० रन बनाएपनि टोलीको जितमा पर्याप्त भएन् । बंगलादेशका महम्मद सैफुद्दिन र मुस्ताफिजुर रहमानले समान ३ तथा साकिब हल हसनले २ विकेट लिए । 

यो जितसंगै बंगलादेश ५ अंकमा तालिकाको पा“चौ स्थानमा उक्लिएको छ । विश्वकप क्रिकेटमा आज आयोजक ईङल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया