बेंसीसहरको बजेट सवा ७२ करोड प्रस्ताव

असार ४, २०७६ | लमजुङ

भौतिक पूर्वाधारलाई प्राथामिकतामा राख्दै लमजुङ्को बेंसीसहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ७२ करोड २८ लाख ३ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।

प्रस्ताव गरेको बजेट चालू आर्थिक वर्षको सशोधित बजेट भन्दा १७ दशमलव ४ प्रतिशतले बढी रहेको नगरप्रमुख गुमानसिंह अर्यालले मंगलबार आयोजित पाँचौं नगरसभामा प्रस्तुत बजेट बक्तव्यमा उल्लेख छ ।

नगरपालिकाको प्रस्तावित नीति, कार्यक्रम र बजेट तथा नगरसभामा अर्यालले आगामी आर्थिक वर्षका लागि निशर्ततर्फ समानीकरण, राजस्व बाँडफाँड, आन्तरिक आय र अल्या गरी ३१ करोड ७३ लाख ३ हजार प्रस्ताव गरेको छ । सो बजेट चालू आर्थिक वर्षको संशोधित भन्दा ४ दशमलव ४२ प्रतिशतले बढी रहेको बजेट वक्तव्यमा उल्लेख छ ।

कुल निशर्त बजेटमध्ये चालू खर्चमा ३२ दशमलव ७७ प्रतिशत र पुँजीगत ६७ दशमलव २३ प्रतिशत प्रस्ताव गरिएको छ । आगामी आर्थिक वर्षको लागि सशर्त अनुदान तर्फ २१ करोड ९५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सो बजेट चालू आबको संशोधित भन्दा ७ दशमलव ४८ प्रतिशतले कमी रहेको छ ।

बजेट शीर्षक अनुसार अनुमानित आयतर्फ संघीय समानीकरण अनुदानतर्फ १३ करोड ६१ लाख, प्रदेश समानीकरण १ करोड २५ लाख २३ हजार, संघीय राजस्व बाँडफाँडतर्फ ९ करोड ७९ लाख, प्रदेश राजस्वतर्फ ७९ लाख ७० हजार, आन्तरिक आयतर्फ ३ करोड २८ लाख १० हजार, अल्या ३ करोड, सशर्त अनुदान २१ करोड ९५ लाख, सामाजिक सुरक्षतर्फ १२ करोड, प्रदेश सशर्त अनुदान (लागत साझेदारी समेत) ५ करोड, प्रधानमन्क्री रोजगार कार्यत्रम १ करोड र सडक बोर्डतर्फ ६० लाख बजेट प्रस्ताव गरिएको छ ।

विषयगत क्षेत्र अनुसार आर्थिक विकास (कृषि, पशु, पर्यटन) तर्फ २ करोड २५ लाख ३६ हजार, सामाजिक विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, लक्षित) ३ करोड २८ लाख ८२ हजार, पूर्वाधार विकास (सडक, भवन, विद्युत, सिँचाई) १४ करोड ९३ लाख २२ हजार, वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ ६३ लाख ३७ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २२ लाख ४६ हजार गरी निशर्तमात्रै पुँजिगत बजेट २१ करोड ३३ लाख २३ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । बेंसीसहर नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै जनप्रतिनिधिले सुशासन कायम गर्नुपर्नेमा जोड दिए । 


प्रतिक्रिया